images

२०८३ आश्विन २० गते

images
images
images

बैंकमा अधिक तरलता : १६ दिनका लागि २५ अर्ब झिक्दै राष्ट्र बैंक

बैंकमा अधिक तरलता : १६ दिनका लागि २५ अर्ब झिक्दै राष्ट्र बैंक

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडौँ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज बुधबार राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।क तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । तर आज भने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १६ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

    images
    images

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend