images

२०८३ आश्विन १९ गते

images
images
images

दाङमा व्यवसायिक स्ट्रबेरी खेती

दाङमा व्यवसायिक स्ट्रबेरी खेती

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • दाङ, पुस ९ गते । हरेक वर्ष स्ट्रबेरी (भुइँऐसेलु) खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएका किसान वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिनुभएको छ । विगत चार वर्षदेखि व्यवसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आउनुभएका खड्काका अनुसार हाल बोटमा फूल फुलेसँगै फल लाग्न सुरु भएको छ ।“धेरैजसो बोटमा फल लागि सकेको छ,’’ उहाँले भन्नुभयो, “अबको ८–१० दिनभित्र खानलाई तयार हुन्छ ।” रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिँगौरामा स्वर्गद्वारी आश्रमको एक बिघा जग्गा लिजमा लिएर ‘एग्रोमार्ट फर्म’ दर्ता गरी व्यवसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आउनुभएको छ ।

    images
    images

    उहाँका अनुसार गत वर्ष झण्डै २५ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । यस वर्ष गत वर्षभन्दा राम्रो आम्दानी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । स्ट्रबेरी प्रतिकिलो आठ सय रुपियाँका दरले बिक्री हुँदै आएको उहाँले जानकारी दिनुभयो । “धेरैजसो खुद्र बिक्री बारीबाटै हुन्छ,” उहाँले भन्नुभयो, “होलसेलमा पनि बजार पठाउँछौं, तर बारीमै बिक्री हुने भएकाले काम गर्न सजिलो भएको छ ।”स्वादिलो र पौष्टिक गुणले भरिपूर्ण भएकाले स्ट्रबेरी उपभोक्ताको रोजाइमा पर्ने गरेको खड्काको भनाइ छ । “बिरुवा खरिद, थोपा सिँचाइ र मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ,” उहाँले भन्नुभयो, “कोही असोजको अन्त्यतिर कोही कात्तिकको पहिला सातामा रोपिएका बिरुवाले अहिले उत्पादन दिन तयारीमा छ ।’’उहाँको अनुसार बिरुवा रोपेको दुई महिना देखि तीन महिनामा स्ट्रबेरीले फल दिने गर्छ ।  स्ट्रबेरी खेतीका लागि उपयुक्त हावापानी र माटो भएकाले उत्पादन सफल भएको भन्दै उहाँले दाङमा उत्पादन भएको स्ट्रबेरी घोराही, तुलसीपुर, लमहीलगायतका बजारमा पठाइने गरेको बताउनुभयो । यो सँगै नेपालगन्ज, सुर्खेत र बुटवलसम्म स्ट्रबेरी पठाउने गरेको उहाँले जानकारी दिनुभयो ।

    स्ट्रबेरीमा राम्रो आम्दानी आउन थालेपछि खड्काले तुलसीपुरमा पाँच कठ्ठा र आफ्नै गृहजिल्ला रोल्पामा पनि आठ रोपनी जग्गामा समेत व्यवसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आएको बताउनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend