images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • कालीमाटीमा बेच्न राखेको रायोको सागमा अत्यधिक...

कालीमाटीमा बेच्न राखेको रायोको सागमा अत्यधिक विषादी

कालीमाटीमा बेच्न राखेको रायोको सागमा अत्यधिक विषादी

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा एक जना व्यापारीले बेच्न राखेको रायोको सागमा अत्यधिक विषादी प्रयोग भएको  भेटिएको छ ।केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले तरकारीहरूको नियमित विषादी परीक्षणका क्रममा रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको जनाएको हो ।आज तरकारी बजारमा गरिएको १५ वटा नमुनाहरूको परीक्षणमा उत्तम प्रसाद रेग्मीले ल्याएको रायोको सागमा ‘अर्गानोफोस्फेट’  नामक विषादीको  रोकावट प्रतिशत ९९.०८ फेला परेको हो । 

    images
    images

    सरकारको मापदण्ड अनुसार ४५ प्रतिशतभन्दा बढी विषादी देखिएमा त्यस्तो तरकारीलाई नष्ट गर्नुपर्ने हुन्छ । यस्तै सोही सागमा ‘कार्वामेट’को  रोकावट मात्रा ३१.४८ प्रतिशत देखिएको छ ।प्रयोगशालामा अन्य १४ वटा नमुनाहरू भने उपभोग योग्य पाइएको छ । भक्तपुरको गाँजर, सर्लाहीको टाटे सिमी, चितवनको हरियो फर्सी र बन्दा, मकवानपुरको मटरकोशा र मुला, तथा धादिङको गोलभेँडामा विषादीको मात्रा न्यून देखिएको छ ।  भारतबाट आयातित हरियो खुर्सानी र गोलभेँडामा पनि विषादीको मात्रा तोकिएको ३५ प्रतिशतको सीमाभन्दा तलै रहेकाले ती तरकारीलाई उपभोग योग्य भनिएको छ ।

    विषादी परीक्षणको मापदण्ड के हो ?

    images
    images

    तरकारी तथा फलफूलमा विषादी रोकावट प्रतिशत ३५ भन्दा कम भएमा उपभोग योग्य हुनेछ । यस्तै  ३५ देखि ४५ सम्म भएमा केही दिन राखेर पर्खेर मात्र उपभोग गर्न मिल्नेछ । यस्तै विषादी रोकावट ४५ प्रतिशत भन्दा बढी भएमा खान अयोग्य हुने छ ।  प्रयोगशालाले यो नतिजा आवश्यक कारबाहीका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पठाएको छ । यो परीक्षण केवल ’कार्वामेट’ र ’अर्गानोफोस्फेट’ समूहका कीटनाशकहरूमा मात्र केन्द्रित रहेको पनि प्रयोगशालाले स्पष्ट पारेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend