images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • अपि पावरले ५ प्रतिशत बोनसपछि ३०...

अपि पावरले ५ प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद बेच्ने प्रस्तावसहित बोलायो साधारणसभा

अपि पावरले ५ प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद बेच्ने प्रस्तावसहित बोलायो साधारणसभा

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण तथा हकप्रद शेयर निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते मंगलबार कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने जनाएको छ।सभाले ल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

    images
    images

    प्रस्तावित हकप्रद शेयरबाट उठ्ने रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा स्वपूँजी लगानीका रूपमा प्रयोग गरिने कम्पनीले जनाएको छ। यसका साथै अपि होल्डिङ्गस कम्पनी लिमिटेडमा हालसम्म गरिएको स्वपूँजी लगानी अनुमोदन तथा थप लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा समावेश गरिएको छ।त्यस्तै, बोनस र हकप्रद शेयर जारी गर्दा पूँजी संरचनामा वृद्धि हुने भएकाले प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने, विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियामक निकायमा आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरिनेछ। साथै, लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend