images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै ५...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै ५ हजार ५ सयले बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै ५ हजार ५ सयले बढ्यो

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन पनि कीर्तिमान कायम भएको सुनचाँदीको मूल्यमा आज पनि निरन्तर्ता पाएको हो । 

    images
    images

    आज सुनको मूल्य तोलाको ५ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँ रहेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend