images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • एनएमबि बैंक र साना किसान...

एनएमबि बैंक र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

एनएमबि बैंक र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौं । एनएमबि बैंक  र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पुस ८ गते मंगलबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ । आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर खरिद–बिक्री भई कायम रहेका शेयरधनीले यी दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।साधारण सभा तथा लाभांश वितरणका लागि दुवै कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। बुक क्लोजको आधारमा आजसम्म शेयरधनी रहेका लगानीकर्ताले मात्र कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन र लाभांशको हकदार बन्न पाउनेछन् ।

    images
    images

    एनएमबि बैंक लिमिटेडले पुस २४ गते, बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् ।त्यसैगरी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते, शुक्रबार, कार्की ब्यान्क्वेट, बबरमहल, काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११:१५ बजे सुरु हुनेछ ।सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य प्रस्तावहरू पनि सभामा छलफलका लागि प्रस्तुत गरिनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend