images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • आज १३.८८ अंकले घट्यो नेप्से, कारोबार...

आज १३.८८ अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ५१ करोडमा सीमित

आज १३.८८ अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ५१ करोडमा सीमित

images
images
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाखको सेयर कारोबार भएको छ । आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

     लुम्बिनी विकास बैंकको सर्वाधिक १० करोड ३ लाख रुपैयाँ को कारोबार भएको छ । दोस्रोमा सन नेपाल लाइफको ८ करोड २६ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको ७ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले  कमाएका छन् ।  यस्तै, सिटिजन्स बैंक डिबेञ्चर २०८६ का लगानीकर्ताले ६.०१ प्रतिशतका दरले कमाएका छन् ।मानुषी लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ६.८४ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend