images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • सेयर कर्जाका लागि ग्लोबल आईएमईले ल्यायो...

सेयर कर्जाका लागि ग्लोबल आईएमईले ल्यायो नयाँ प्लेटफर्म, अनलाइनबाटै आवेदन दिन मिल्ने

सेयर कर्जाका लागि ग्लोबल आईएमईले ल्यायो नयाँ प्लेटफर्म, अनलाइनबाटै आवेदन दिन मिल्ने

images
images
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौँ । ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्टसेयर' प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाटै सेयर धितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।यो प्लेटफर्म प्रयोग गरी ग्राहकले कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । ग्राहकहरूले कर्जा स्वीकृति अवधिसम्ममा एक पटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भएर आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ । 

    images
    images

    1000053056

    यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म तोकिएको छ । यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयमको हुनु पर्नेछ । निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रूपमा स्वीकार नगरिने बैंकले जनाएको छ ।यो सुविधा बैंकका ३१ वटा शाखा कार्यालयबाट उपलब्ध हुने बैंकले जनाएको छ । तसर्थ, कर्जा लिन अनलाइन आवेदन दिँदा आफूलाई पायक पर्ने शाखा कार्यालय छनौट गरी स्वीकृतिपछि गएर सहीछाप गरिसकेपछि कर्जा दिइने जनाइएको छ ।  यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend