images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • कलश स्टक मार्केटद्वारा निःशुल्क सेयर शिक्षा...

कलश स्टक मार्केटद्वारा निःशुल्क सेयर शिक्षा कार्यक्रम सम्पन्न

कलश स्टक मार्केटद्वारा निःशुल्क सेयर शिक्षा कार्यक्रम सम्पन्न

images
images
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडौं। बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि (ब्रोकर नं. ७४) ले सेयर बजारमा आबद्ध लगानीकर्ताहरूका लागि निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।शनिबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्केट मा आयोजित उक्त कार्यक्रममा सेयर बजार विश्लेषक अजित खनालले सहभागी लगानीकर्ताहरूलाई सेयर बजारका प्राविधिक विश्लेषणका आधारभूत तथा व्यवहारिक पक्षबारे विस्तृत जानकारी दिएका थिए ।

    images
    images

    कार्यक्रममा विभिन्न स्थानबाट आएका उल्लेख्य संख्याका लगानीकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सेयर बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।कम्पनीका प्रबन्ध सञ्चालक शालिकराम अधिकारी ले कलश स्टक मार्केटले समय–समयमा देशका विभिन्न स्थानहरूमा तथा अनलाइन माध्यमबाट देश–विदेशमा रहेका लगानीकर्ताहरूलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend