images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सिनर्जी पावरको लाभांश घोषणा, पुस २८...

सिनर्जी पावरको लाभांश घोषणा, पुस २८ गते वार्षिक साधारणसभा हुने

सिनर्जी पावरको लाभांश घोषणा, पुस २८ गते वार्षिक साधारणसभा हुने

images
images
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडौं। सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

    images
    images

    यो लाभांश पारित गर्न कम्पनीले पुस २८ गते १९ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।सोही सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिको अख्तियारी दिने प्रस्ताव सभाले पारित गर्नेछ।

    लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend