images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • चिसो बढेसँगै हिटर र गिजर लगायतका...

चिसो बढेसँगै हिटर र गिजर लगायतका वस्तुको किनमेल बढ्यो

चिसो बढेसँगै हिटर र गिजर लगायतका वस्तुको किनमेल बढ्यो

images
images
शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • काठमाडौँ । राजधानी मात्र नभई देशभर यतिबेला जाडो बढ्न थालेको छ । राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरू पनि बढ्न थालेका छन् । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरूको आकर्षण बढेको छ ।दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौँमा हिटर, गिजर अनि एसी लगायतका विद्युतीय सामग्रीको व्यापार बढेको व्यापारीहरू बताउँछन् । कात्तिकको अन्त्यदेखि नै बढेको हिटर, गिजरको व्यापार यो समयसम्म आइपुग्दा तीव्र हुन थालेको व्यवसायीहरूको भनाई छ । जाडो सुरु भएकोले अझै हिटर, एसी र गिजर लगायतका विद्युतीय सामाग्रीको व्यापारमा वृद्धि हुने व्यापारीहरू बताउँछन् ।

    images
    images

    कोटेश्वरमा पसल गर्दै आएका सन्तोष बरालले हिटर र तातोपानीका धाराहरू धेरै बिक्री गरिरहेको बताए । व्यवसायी बरालले भने–  ‘हिटर, तातोपानीका धारासहित जाडोमा प्रयोग हुने वस्तुहरू बिकिरहेका छन्, पहिलेको जस्तो सोचेअनुसार त व्यापार छैन, तर पनि सिजन अनुसारको जाडोको समानहरूको बिक्दैछ । सबै प्रोडक्टमा प्राइजको स्टिकर लगाएर आउने गरेको छ । पहिला त्यस्तो थिएन । मनपरी व्यापारीले लिनुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन । कम्पनीले यकिन गरेको हुन्छ । अहिले बजारको रेट फिक्स जस्तै छ । कस्टोमर ठगिने त्यस्तो गुनासो छैन ।’काठमाडौँ विद्युतीय व्यवसायी संघका अध्यक्ष मिलन शिवाकोटी अहिले नेपाली बजारमा दर्जनौँ नाम तथा ब्रान्डका हिटरहरू भित्रिएको बताउँछन् । अध्यक्ष शिवाकोटीले भने, ‘नाम र कम्पनी अनुसार मूल्य पनि फरक फरक छ । उपभोक्ताले पनि जाडोमा न्याना सामग्री खरिद गर्दा त्यको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड, तथा फिचरका बारेमा आधिकारिक डिलर, व्यवसायीमार्फत जानकारी दिएर किन्नुपर्छ ।’

    उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको जाडोमा ५० प्रतिशत सम्मको व्यापार बढ्न सक्ने अनुमान छ । उनका अनुसार आधुनिक प्रविधियुक्त हिटरको व्यापार बढेपछि पुराना मोडल तथा प्रविधिमार्फत कोठा तताउने र न्यानो रहने चलनमा परिवर्तन आएको छ ।अहिले बजारमा ग्यास तथा बिजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरू पाइन्छ भने खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्यान हिटर समेत बजारमा उपलब्ध रहेको छ । अहिले बजारमा ७ सयदेखि हजारौँ मूल्यसम्म पर्ने हिटरहरू उपलब्ध छन् । नेपाली बजारमा भित्रिएका हिटरहरू धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरूबाट समेत आयात भइरहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend