images

२०८३ आश्विन १९ गते

images
images
images

सुकेको प्याजको मूल्य बढ्यो

सुकेको प्याजको मूल्य बढ्यो

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • बजारमा सुकेको प्याजको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो होलसेल मूल्य ४५ देखि ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो एक साताअघिको तुलनामा प्रतिकिलो औषत १० रूपैयाँले बढी हो। 

    images
    images

    गत साता प्याज प्रतिकिलो ३६ देखि ३८ रूपैयाँ किलोमा कारोबार भइरहेको थियो।आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ। व्यवसायीहरूका अनुसार प्याजको भाउमा अन्य तरकारीको जस्तो धेरै अन्तरको घटबढ हुँदैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend