images

२०८३ आश्विन २० गते

images
images
images

भुजुङ्ग हाइड्रोको आईपीओ आजदेखि

भुजुङ्ग हाइड्रोको आईपीओ आजदेखि

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज पुस ३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो ।बिहीबारबाट सुरु भएको आईपीओ जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्तामध्ये १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता हो ।

    images
    images

    स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का बासिन्दालाई र बाँकी ४० प्रतिशत सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बाँडफाँट गरिनेछ।त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। सेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीयका लागि आवेदन छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पुस ७ गतेदेखि पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ।

    आईसीआरए नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी प्लस’ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजनाबाट २०८१ वैशाख ६ गतेदेखि विद्युत उत्पादन हुँदै आएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend