images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफले तीन जनाको नाममा...

प्रभु महालक्ष्मी लाइफले तीन जनाको नाममा रहेको संस्थापक शेयर बिक्री गर्दै

प्रभु महालक्ष्मी लाइफले तीन जनाको नाममा रहेको संस्थापक शेयर बिक्री गर्दै

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। कम्पनीका तीन जना संस्थापक शेयरधनीबाट प्राप्त निवेदनका आधारमा कुल ३ लाख २८ हजार १९४ कित्ता संस्थापक शेयर बिक्रीका लागि सार्वजनिक गरिएको हो।कम्पनीका अनुसार संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता तथा विनय रेग्मीको नाममा रहेको ३१ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    कम्पनीको नियमअनुसार संस्थापक शेयर खरिदको पहिलो अधिकार हालका विद्यमान संस्थापक शेयरधनीलाई नै दिइनेछ। त्यसैले प्रारम्भिक चरणमा यी शेयरहरू कम्पनीकै संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्।उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend