images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब...

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब २९ करोड ४२ लाखको सेयर कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब २९ करोड ४२ लाखको सेयर कारोबार

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौं ।  साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १६.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाखको सेयर कारोबार भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज ङादी ग्रुपको सर्वाधिक १९ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन स्वस्तिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशत र एसवाई प्यानलका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।श्वेतगंगा हइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.१६ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend