काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आम्दानीबाट शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) प्रदान गर्ने घोषणा गरेको हो। मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।नेपाल बीमा प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त भएपछि र आगामी वार्षिक साधारणसभाबाट पारित भइसकेपछि मात्र शेयरधनीहरूलाई सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।




.gif)



