काठमाडौँ, १ पुसः नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ। समायोजित नयाँ मूल्य २९ मङ्सिर राति १२ बजेदेखि लागू हुनेछ।
निगमले ढुवानी लागतका आधारमा देशलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ।
नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजल।मट्टीतेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४१ रुपैयाँ पर्नेछ।
यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजल।मट्टीतेल प्रतिलिटर १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ।





.gif)





