images

२०८३ आश्विन २० गते

images
images
images

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौँ । ऋणीले बैंकबाट लिएको ऋणमा कायम भएको किस्ता घटबढ गर्न सजिलो हुने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

    images
    images


    यस अनुसार परिवर्तनशील ब्याजदर अनुसार ऋण लिइएकोमा ब्याजदर परिवर्तन भई किस्ता रकम परिवर्तन हुने अवस्थामा सम्बन्धित ऋणीले लिखित अनुरोध गरेमा ऋणीको आम्दानी समेत विश्लेषण गरी बढीमा वर्षको एकपटक किस्ता रकम परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ ।यसरी किस्ता रकम परिवर्तन गर्दा थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नु नपर्ने परिपत्रमा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend