images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको श्री बालाजी विद्यापिठ विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको श्री बालाजी विद्यापिठ विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको पोंडीचेरी राज्यमा अवस्थित श्री बालाजी विद्यापिठ विश्वविद्यालयबीच आपसी सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्रमा गत मंसिर २५ गते हस्ताक्षर भएको छ।चिकित्सा शिक्षाका यी दुई शिक्षण संस्थाहरूबीच शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान, पारस्परिक समृद्धिका लागि सहयोगी गतिविधिहरू सञ्चालन गर्ने, शिक्षक तथा विद्यार्थी आदानप्रदान गर्ने, संयुक्त रूपमा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, अनुसन्धानको नैतिकता, चिकित्सा शिक्षाको नवीनतालाई साझा मूल्य मान्यता बनाई प्रवर्धन गर्ने र निरन्तर चिकित्सा शिक्षा जस्ता कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त समझदारी गरिएको हो। यसबाट दुवै संस्थाहरू लाभान्वित हुने विश्वास गरिएको छ।

    images
    images

    प्रतिष्ठानको उपकुलपति कार्यालयको बैठक कक्षमा सम्पन्न हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा. डा. संजिव कुमार शर्मा, डीन प्रा. डा. शिवेन्द्र झा, सहायक डीन डा. वीम्मी सिंह तथा एनाटोमी विभागका एडिसनल प्रोफेसर डा. संदिप साहको उपस्थिति थियो। विश्वविद्यालयका तर्फबाट इन्स्टिट्युट अफ हेल्थ प्रोफेशन्स एजुकेशनकी निर्देशक प्रा. डा. एम. शिवाशक्तिको उपस्थिति थियो। सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. एन. आर. विश्वास लगायत अन्य पदाधिकारीहरू भर्चुअल रूपमा उपस्थित थिए।उक्त समझदारीपत्रमा प्रतिष्ठानका तर्फबाट निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा. डा. संजिव कुमार शर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. श्रीनिवासनले हस्ताक्षर गरे। सो समझदारीपत्रमा साक्षीका रूपमा प्रतिष्ठानका तर्फबाट डीन प्रा. डा. शिवेन्द्र झा र विद्यापिठका तर्फबाट प्रा. डा. एम. शिवाशक्तिले हस्ताक्षर गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend