images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • पुस महिनाका लागि बैंकहरूले घटाए व्यक्तिगत...

पुस महिनाका लागि बैंकहरूले घटाए व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर , कसको कति ?

पुस महिनाका लागि बैंकहरूले घटाए व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर , कसको कति ?

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौँ । एक दर्जनभन्दा बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।ज सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ ।

    images
    images

    मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् ।प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । ७ वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् । सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ ।पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् । 

    images
    images

    मुद्दती निक्षेपको अधिकतम ब्याजदर

    बैंकहरु

    कात्तिक

    मंसिर

    पुस

    नबिल

    ४.९५

    ४.७५

    ४.५५

    नेपालइन्भेष्टमेन्टमेगा

    ५.२५

    ५

    ५

    माछापुच्छ्रे

    ५

    ५

    ५

    हिमालयन

    ६

    ५.५०

    ४

    नेपालएसबिआई

    ५

    ४.८०

    ४.५५

    एभरेष्ट

    ५

    ५

    ४.७५

    एनआईसीएसिया

    ५.७५

    ५

    ५

    स्ट्यान्डर्डचार्टर्ड

    ५

    ४.७०

    ४.६०

    लक्ष्मीसनराइज

    ५

    ५

    ४.७५

    कुमारी

    ४.०१

    ४.९१

    ४.५३

    सिद्धार्थ

    ५.५

    ५

    ५

    सानिमा

    ५.१५

    ५

    ३.७५

    एनएमबि

    ५

    ५

    ५

    प्रभु

    ४.९५

    ४.९५

    ४.५५

    ग्लोबलआइएमई

    ६

    ६

    ५.५०

    सिटिजन्स्

    ५

    ४.७५

    ४.७५

    प्राइमकमर्सियल

    ५

    ४.७५

    ४.२५

    कृषिविकास

    ४.९५

    ४.७०

    ४.५५

    नेपालबैंक

    ५.२५

    ५.२५

    ५.१०

    राष्ट्रियवाणिज्यबैंक

    ५.५

    ५.५

    ४

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend