images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • नेपाली संस्थापक रहेको भारतको लेनदेन क्लबले...

नेपाली संस्थापक रहेको भारतको लेनदेन क्लबले आइपीओ जारी गर्ने

नेपाली संस्थापक रहेको भारतको लेनदेन क्लबले आइपीओ जारी गर्ने

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौं । भारतको सबैभन्दा ठूलो पियर–टु–पियर ऋण बजार लेनदेनक्लबको सञ्चालक भार्टिस प्लेटफर्मले आगामी १८ देखि ३६ महिनाभित्र साधारण सेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत भाविन पटेलले यसबारे जानकारी दिएका हुन् ।‘हामी तयारी अवस्थामा छौं र हामी आगामी १८ देखि ३६ महिनाको समयसीमाभित्र यसलाई लक्षित गर्न सक्छौं,’ पटेलले बुधबार रोयटर्सलाई भनेका छन् । लेनदेनक्लब सेयर बजारमा सूचीकृत हुने भारतको पहिलो पीटुपी ऋणदाता बन्न सक्ने उनको भनाइ छ।

    images
    images

    नेपाली युवा दीपेश कार्की लेनदेन क्लबका सहसंस्थापक हुन् जुन भारतको सबैभन्दा ठूलो पी–टु–पी कर्जा प्लेटफर्म हो । कार्की कम्पनीका प्रमुख टेक्नोलोजी अधिकृत हुन् । विराटनगरका कार्कीले सन् २०२५ मा साथी भविन पटेलसँग मिलेर मुम्बईमा लेनदेन क्लब स्थापना गरेका थिए ।पियर–टु–पियर लेन्डिङले बैंक तथा अन्य वित्तीय संस्थाहरूलाई बाईपास गर्दै व्यक्तिगत ऋणदाताहरूलाई सिधै ऋणीहरूसँग जोड्ने काम गर्छ ।सूचीकरण यस क्षेत्रका लागि एक कोसेढुंगा साबित हुनेछ । सन् २०२४ मा रिजर्भ बैंक अफ इन्डियाले नियमहरू कडा बनाएपछि यस क्षेत्रले सुस्त वृद्धि र उच्च अनुपालन लागतको सामना गरिरहेको छ । आरबीआईका कडा नियमहरूमा स्रोतसम्बन्धी कठोर मापदण्ड र सुनिश्चित प्रतिफलमा प्रतिबन्ध समावेश थिए ।

    भार्टिसले आईपीओअघि दुईवटा आन्तरिक लक्ष्यहरू निर्धारण गरेको छ । १ अर्ब भारतीय रुपैयाँभन्दा बढी वार्षिक नाफा कमाउने र सूचीकृत समकक्षीहरूसँग मेल खाने गरी लेखा अभ्यासहरूको पुनःसंरचना गर्ने लक्ष्य छ ।‘धेरै आन्तरिक संरचनाहरू मिलाउन बाँकी छ । हामीले विगत केही त्रैमासिकदेखि नै यो काम सुरु गरिसकेका छौं,’ पटेलले भने।वेबसाइटका अनुसार, मुम्बईमा रहेको यस कम्पनीले आर्थिक वर्ष २०२५ मा २ अर्ब ४० करोड भारु राजस्व र करिब ३४ करोड भारु नाफा कमाएको थियो ।पटेलका अनुसार, चालू आर्थिक वर्षका लागि कम्पनीले ३ अर्ब २० करोड देखि ३ अर्ब ५० करोड भारु राजस्व र ५० करोड देखि ६० करोड भारु नाफा हुने अपेक्षा गरेको छ ।

    images
    images

    आर्थिक वर्ष २०२४ मा आरबीआईको कडाइले ऋण प्रवाह र नाफामा असर पारेको उनले बताए । तर, लेनदेनक्लबले त्यसयता आफ्नो प्लेटफर्मलाई सुधार गरेको छ र अहिले भारतको पीटुपी ऋणको करिब ९५ प्रतिशत हिस्सा ओगटेको छ ।भार्टिस प्लेटफर्मले ऋण बजार इन्स्टामनी र यसको प्राविधिक शाखा भार्टिस वन पनि सञ्चालन गर्दछ । अर्था क्यापिटल र टस्कन भेन्चर्सको लगानी रहेको यस कम्पनीले पछिल्लो पटक सन् २०२१ मा कोष जुटाएको थियो ।फिनटेक कम्पनीहरू पाइन ल्याब्स र ग्रो सहित ३०० भन्दा बढी सूचीकरणहरूले गर्दा भारतको आईपीओ बजार अर्को कीर्तिमानी वर्ष बन्ने तरखरमा छ । कोष संकलन गत वर्षको २०.५ अर्ब डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend