images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोहोरो अंकको गिरावट , ४...

नेप्सेमा दोहोरो अंकको गिरावट , ४ अर्बको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट , ४ अर्बको कारोबार

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेर २५९४.८७ बिन्दुमा सीमित भएको छ ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से १.६६ अंकले घटेर २६०७.३७ बिन्दुमा कायम थियो ।आइतबार नेप्सेमा कुल ४ अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । गत साताको बिहीबार भने नेप्सेमा ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

    आइतबार कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।आइतबार स्वस्तिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसवाई प्यानलको सेयर मूल्यमा ९.९८ प्रतिशतको सुधार आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend