२८ मंसिर, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो ।आज आइतबार प्याजको भाउ प्रतिकिलो औसत ४ रुपैयाँ बढेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ४० र औसत ३८ रुपैयाँमा किनबेच भएको थियो ।
आज आइतबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँ कायम छ । कात्तिक दोस्रो साता भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३५ रुपैयाँमा किनबेच भएको थियो ।




.gif)



