नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे साधारणसभा बस्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश सेयरधनीहरूमा वितरण गर्ने र गत आवको वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । त्यसैगरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, आवश्यकता अुनसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।




.gif)



