images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • एचआईडीसीएल, समता घरेलु र जीवन विकासको...

एचआईडीसीएल, समता घरेलु र जीवन विकासको लाभांश घोषणा, कसको कति ?

एचआईडीसीएल, समता घरेलु र जीवन विकासको लाभांश घोषणा, कसको कति ?

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।लाभांश घोषणा गर्नेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), समता घरेलु लघुवित्त र जीवन विकास लुघवित्त छन् ।एचआईडीसीएलले चुक्ता पुँजीको १.५ प्रतिशत बोनस सेयर र दुई प्रतिशत नगद लाभांश (करसहित) कुल तीन प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

    images
    images

    यस्तै, समता घरेलु लघुवित्तले चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशतले हुने तीन करोड ३१ लाख सात हजार ९७७ रुपैयाँ लाभांश बाँड्ने जनाएको छ ।यता, जीवन विकासले भने गत आवको वितरणयोग्य नाफाबाट २१ करोड ५० लाख ६४ हजारबराबर अर्थात् १४ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत (करसहित) वितरण गर्ने घोषणा गरेको हो । तर, लक्ष्मी लघुवित्तले यसपटक कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ । श्री इन्भेस्मेन्ट एन्ड फाइनान्स कम्पनीले यसअघि नै चुक्ता पुँजीको ६.४० प्रतिशत हुन आउने नगद लाभांश वितरण प्रस्ताव स्वीकृत भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend