images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुन्तला र जुनारको भाउ बढ्यो, सरिफा...

सुन्तला र जुनारको भाउ बढ्यो, सरिफा घट्यो

सुन्तला र जुनारको भाउ बढ्यो, सरिफा घट्यो

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • २६ मंसिर, काठमाडौं । स्थानीय बजारमा सुन्तला र जुनारको भाउ बढेको छ भने सरिफाको घटेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो ।आज शुक्रबार जुनारको भाउ प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बिहीबार जुनार प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो १ सय २५ रुपैयाँ कायम छ ।

    images
    images

    यस्तै शुक्रबार नेपाली सुनतलाको पनि भाउ बढेर प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।यसैगरी आज शुक्रबार सरिफाको भाउ प्रतिकिलो ३३ रुपैयाँ घटेको छ । हिजो बिहीबार सरिफा प्रतिकिलो थोकमा २ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज  प्रतिकिलो १ सय ९२ रुपैयाँ कायम छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend