images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • एक सातामा सागको मूल्य ३५ प्रतिशत...

एक सातामा सागको मूल्य ३५ प्रतिशत घट्यो

एक सातामा सागको मूल्य ३५ प्रतिशत घट्यो

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • २६ मंसिर, काठमाडौं । बजारमा सागको मूल्य घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिको तथ्यांकले एक साता अवधिमा सागको मूल्यमा ३५ प्रतिशत गिरावट आएको देखाएको हो ।अहिले बजारमा रायो साग, पालुंगो साग, चम्सुर साग, मेथी साग, तोरीको साग लगायत किन्न पाइन्छ । एक साता अवधिमा यी सबै सागको मूल्य घटेको छ ।

    images
    images

    समितिको तथ्यांक अनुसार १९ मंसिरमा प्रतिकिलो थोकमा १ सय ४० रुपैयाँमा किनबेच भएको पालुंगो साग आज २६ मंसिरमा ३५.७१ प्रतिशतले घटेर ९० रुपैयाँमा झरेको छ।यस्तै तोरी साग एक साताअघि प्रतिकिलो ५५ रुपैयाँ थियो । तोरी सागको मूल्य पनि १८.१८ प्रतिशतले घटेर आज शुक्रबार प्रतिकिलो ४५ रुपैयाँ कायम छ ।मेथीको साग पनि एक साताअघि प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भएकामा शुक्रबार प्रतिकिलो १ सय ४५ रुपैयाँ कायम छ ।

    रायो सागको मूल्यमा ३३.३३ प्रतिशतको गिरावट आएको छ । १९ मंसिरमा प्रतिकिलो ६० रुपैयाँमा किनबेच भएको रायो साग २६ मंसिरमा किलोको ४० रुपैया कायम छ ।चम्सुरको साग भने आज शुक्रबार ९० रुपैयाँमा किनबेच भइरहेको छ । एक साताअघि चम्सुर साग प्रतिकिलो थोकमा औसत १ सय ४० रुपैयाँमा किनबेच भएको थियो । एक सातामा चम्सुरको सागमा ३५.७१ प्रतिशत गिरावट आएको तथ्यांकले देखाउँछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend