images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय योजना आयोगद्वारा प्रदेश र स्थानीय...

राष्ट्रिय योजना आयोगद्वारा प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान

राष्ट्रिय योजना आयोगद्वारा प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • काठमाडौँ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमहरूका लागि प्रदेश सरकार तथा स्थानीय तहहरूबाट प्रस्ताव आह्वान गरेको छ।आयोगले सबै प्रदेश सरकार र स्थानीय तहहरूलाई आगामी २०८२ माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणाली (www.csgrants.gov.np) मार्फत प्रस्तावसहितको विवरण पेस गर्न सूचित गरेको छ।

    images
    images

    प्रस्ताव पेस गर्दा 'समपूरक अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२' र 'विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२' मा उल्लेखित सर्त तथा प्रक्रियाहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ। कानुनतः जिम्मेवार पदाधिकारीहरू सबैबाट सर्त पूरा भएको प्रमाणीकरण फारम भरी पेस गर्नुपर्नेछ। प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति/योजना आयोगको सिफारिससहित प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्नेछ भने स्थानीय तहको हकमा प्राथमिकीकरणसहितको कार्यपालिकाको निर्णय (उपस्थिति सहित) पेस गर्नुपर्नेछ।आगामी आर्थिक वर्षका लागि यसअघि अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका र सम्पन्न हुन बाँकी रहेका क्रमागत आयोजनाहरूलाई पहिलो प्राथमिकता दिई तत्कालीन कार्यविधिको व्यवस्था बमोजिम प्रस्ताव पेस गर्न आयोगले जानकारी दिएको छ।

    अनलाइन प्रणालीमा लग-इन विवरण उपलब्ध नभएमा आयोगको इमेल ठेगाना csgrants@npc.gov.np मा आधिकारिक पत्राचारमार्फत रिसेट गर्न सकिनेछ। प्रस्ताव सम्बन्धी आवश्यक कागजात तथा विस्तृत जानकारी आयोगको वेबसाइट www.npc.gov.np र www.csgrants.gov.np मा उपलब्ध रहेको तथा अद्यावधिक जानकारीहरू क्रमशः प्रकाशित गरिने आयोगले जनाएको छ। थप जानकारीका लागि आयोगको विभिन्न टेलिफोन नम्बर वा इमेलमार्फत सम्पर्क गर्न सकिनेछ।

    images
    images

    597651151_1172123687937320_6246953215669227945_n

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend