काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। यसका लागि मंसिर २८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।




.gif)



