काठमाडौं । अब रेमिट कम्पनीहरूले विदेशबाट भित्रिएको रेमिट्यान्सको विवरण नेपाली महिना सकिएको सात दिन भित्र नेपाल राष्ट्र बैंकमा पठाउनु पर्ने भएको छ । राष्ट्र बैंकले आज ‘विप्रेषण कारोबार गर्न इजाजत प्राप्त विप्रेषण कम्पनी र बैंक तथा वित्तीय संस्थाहरूका लागि रिपोर्ट फरमाट’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
रेमिट्यान्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका लागि पनि यो नियम लागू हुनेछ । यसैगरी देशगत रुपमा भित्रिएको रेमिट्यान्स र रेमिट कम्पनीहरूले कारवाही गरेका एजेन्टको विवरण पनि सात दिन भित्र राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । यसैगरी कुन कम्पनी मार्फत कति रेमिट्यान्स भित्रियो भन्ने तथ्यांक पनि सात दिन भित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने बताइएको छ । यस्तै, देशगत रेमिट्यान्स आप्रवाहको दैनिक विवरण तीन दिन भित्र राष्ट्र बैंकमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तो छ राष्ट्र बैंकको निर्देशन






.gif)





