काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीले लाभांश घोषणा गरेका छन् ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, डिप्रोक्स लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियलले गत आवको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।फर्स्ट माइक्रोफाइनान्सले करसहित ६.५ प्रतिशत अर्थात् आठ करोड ७४ लाख १६ हजार ६३६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ ।
त्यसैगरी, डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद (करसहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।यता, नेपाल लाइफले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल २१.०५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । जसमा पाँच प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) रहेको छ ।आईजीआई प्रुडेन्सियलले भने १५ करोड १४ लाख ६६ हजार अर्थात् चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो ।उल्लिखित कम्पनीहरूले प्रस्ताव गरेको लाभांश सम्बन्धित कम्पनीको आगामी साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीले पाउनेछन् ।




.gif)





