images

२०८३ आश्विन २० गते

images
images
images

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ ।कम्पनीले १० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओका लागि ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

    images
    images

    मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो । बाँडफाँटका अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । त्यस्तै, १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ४२ हजार ८८२ जनामध्ये ३७ हजार ५३ जनाले थप १० कित्ता प्राप्त गर्दै कुल २० कित्ताका दरले शेयर पाएका छन् ।सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँटपछि अब लगानीकर्ताहरूले केही दिनभित्र सी–आस्बा खातामार्फत शेयर प्राप्त गर्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend