images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकद्वारा ग्राहकहरूलाई खातामा प्यान...

एनआईसी एशिया बैंकद्वारा ग्राहकहरूलाई खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा ग्राहकहरूलाई खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • काठमाडौं। एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले प्यान अद्यावधिक गर्न आग्रह गरेको हो ।ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको “प्यान अपडेट” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले  जनाएको छ ।

    images
    images

    यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ईटीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेकोले उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । यसका साथै बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend