काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । गत शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंकका कम्पनी सचिव भिष्म नेउपानेका अनुसार कुल चुक्ता पुँजीको १२.५० प्रतिशतले हुन आउने रकम नगद लाभांश दिने भएको हो । अर्थात् प्रतिकित्ता शेयर बराबर साढे १२ रुपैयाँको दरले लाभांश दिन लागिएको हो । यही रकममा कर समेत समावेश हुने बताइएको छ ।सञ्चालक समितिले प्रस्ताव गरेको यो विषयलाई साधारणसभाले अनुमोदन गरेपछि लागू हुने बताइएको बैंकले जनाएको छ ।




.gif)



