images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका...

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि विशेष छुट सुविधा उपलब्ध

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि विशेष छुट सुविधा उपलब्ध

images
images
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • काठमाडौं ।  एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ। निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन्।  

    images
    images

    ग्राहकहरूले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन्। बैंकले मुलुकभरका १५० वटा बैंक शाखाहरूमा ग्राहकहरूको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ। बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend