images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • काठमाडौंमा आज तीनदेखि पाँच घन्टा विद्युत्...

काठमाडौंमा आज तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने स्थान

काठमाडौंमा आज तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने स्थान

images
images
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ

    images
    images

    विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने जनाएको हो।

    असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    images
    images

    रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशन भित्र, विशाल बजार अगाडि, गणेश ,स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेड सम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम् विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    ती ठाउँहरूमा भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।


    निर्धारित काम समयअगाडि नै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend