काठमाडौँ । मंसिर १९, सिटिजन्स बैंक इन्टरनेसनलले दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड हात पारेको छ। लन्डनस्थित द फाइनान्सियल टाइम्सले आयोजना गरेको विशेष समारोहमा बैंकलाई ‘बैंक अफ द इयर २०२५ अवार्डले सम्मानित गरिएको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका छन्। बैंकले जारी गरेको विज्ञप्तिअनुसार, यसअघि पनि बैंकले ‘बैंक अफ द इयर २०२४ अवार्ड जितिसकेको थियो।
लगातार दुई वर्षसम्म विश्वकै प्रतिष्ठित तथा बैंकिङ क्षेत्रको ‘ओस्कार मानिने उक्त अवार्ड प्राप्त गर्न पाउनु बैंकका लागि ठूलो सफलता भएको अध्यक्ष पाण्डेले बताए। उनका अनुसार यस उपलब्धिले बैंकलाई अझ जिम्मेवार र ग्राहक–मैत्री आधुनिक सेवा विस्तार गर्न प्रेरणा मिलेको छ।
सीईओ पोखरेलले समेत सरोकारवाला निकायहरूको सहयोग र कर्मचारीहरूको मिहिनेतले मात्र अहिलेको उपलब्धि सम्भव भएको बताए। द फाइनान्सियल टाइम्सले हरेक वर्ष विश्वभरका बैंकहरूको कार्यसम्पादन र कुल गतिविधिलाई मूल्यांकन गरी विभिन्न देशका उत्कृष्ट बैंकहरूलाई ‘बैंक अफ द इयर अवार्ड प्रदान गर्दै आएको छ।




.gif)





