भिजन लुम्बिनी नेपालले आईपीओको प्रस्ताव सहित पुस १९ गते बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान ८ बजे दशौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।
यसका लागि आवश्यक प्रकृया पुरा गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने १० प्रतिशत लाभांश बाँड्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।




.gif)



