images

२०८३ आश्विन २२ गते

images
images
images

भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • रूपन्देही, २२ असोज । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख १३ हजार ६०० मूल्य बराबरका सामान बरामद गरेको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका विभिन्न स्थानबाट चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनबहादुर शाहीले जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार बरामद सामानमा कपडा, खाद्यान्न तथा विभिन्न किराना सामान रहेका छन् । 

    images
    images

    यसैगरी, विभिन्न प्रकारका फ्लावर पोट, टर्च तथा पटाका लगायतका सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले भन्सार छली तथा अवैध चोरी पैठारी नियन्त्रणका लागि जिल्लाका सीमा क्षेत्र तथा विभिन्न स्थानमा नियमित चेकजाँच र निगरानी तीव्र पारेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी उपरीक्षक शाहीले बताएका छन् ।

    उनका अनुसार चाडपर्वको समयमा अवैध रूपमा सामान भित्र्याउने तथा चोरी पैठारीका गतिविधि बढ्न सक्ने भएकाले सीमा क्षेत्र तथा जिल्लाका विभिन्न स्थानमा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend