images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा माउन्टेन इनर्जी र सुपर मादीको...

नेप्सेमा माउन्टेन इनर्जी र सुपर मादीको सेयर मूल्य समायोजन

नेप्सेमा माउन्टेन इनर्जी र सुपर मादीको सेयर मूल्य समायोजन

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौं। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले माउन्टेन इनर्जी लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ।माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयर र सुपर मादीको ५ प्रतिशत बोनस सेयर बापत मूल्य समायोजन भएको हो। मंगलबार दोस्रो बजारमा माउन्टेन इनर्जीको प्रतिकित्ता ६६९ रुपैयाँमा र सुपर मादीको प्रतिकित्ता ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    images
    images

    नेप्सेले यही अन्तिम कारोबारको रकमलाई आधार मानेर मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि माउन्टेन इनर्जीको सेयर प्रतिकित्ता ५७७.५० रुपैयाँ र सुपर मादीको ७२२.८६ रुपैयाँ कायम भएको छ।कम्पनीहरूको यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend