काठमाडौं । साधारणसभा प्रयोजनका लागि भोलि र पर्सि बुक क्लोज हुने भएकाले दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिक्लेस हाइड्रोपावर र आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।सिक्लेसको साधारणसभा मंसिर २९ गते, सोमबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा हुँदैछ । जसका लागि मंसिर १८ गते अर्थात् बिहीबार बुकक्लोज गर्दैछ । आईसीएफसीले भने मंसिर १९ गते बुक क्लोज गर्ने भए पनि बिहीबार सार्वजनिक बिदा भएकाले आज नै लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएको हो ।
प्रस्ताव अनुसार, आ.व. २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बराबर (१२ करोड ७५ लाख रुपैयाँ) बोनस सेयर र कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.७८९ प्रतिशत (६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। बोनस सेयर जारी भएपछि कम्पनीले १:१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनामा लगानी गर्ने योजना पनि बनाएको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ, जुन कम्पनीको ८ वर्ष यता उच्चतम लाभांश हो।




.gif)





