images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने...

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौं।  आज मंसिर १६ गते दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। माउन्टेन इनर्जीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली एक दिनका लागि बुकक्लोज गर्दैछ । सुपर मादी हाइड्रोपावरले भोलिदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    सुपर मादी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा १६ औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

    त्यस्तै, माउन्टेन इनर्जीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारणसभा गर्ने भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend