images

२०८३ आश्विन १८ गते

images
images
images

आइएमई लाइफको नयाँ बोनसदर घोषणा

आइएमई लाइफको नयाँ बोनसदर घोषणा

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा गरेको हो।उक्त बोनसदर अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने बीमालेखहरूमा गत आवको लागि न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर तोकिएको छ। साथै बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र आगामी बीमांकीय मूल्यांकन नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जनाएको छ।

    images
    images

    कम्पनीले सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा बीमा अवधि (वर्ष) अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस (प्रति हजार) तोकेको छ। त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।अर्को बीमा योजना अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) मा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म, बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने भएको छ।

    त्यसैगरी वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) बीमा योजनाका सबै बीमा अवधिका लागि समान २२ रुपैयाँ र वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म कम्पनीले बोनस दिने भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend