images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली मंसिर १६ गते बुकक्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।बैंकले मंसिर २९ गते, सोमबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ३९ औं वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।

    images
    images

    सभाले विशेष प्रस्ताव रुपमा पेस गरिने सञ्चालकको भत्ता तथा सुविधामा वृद्धि गर्न बैंकको नियमावलीको नियम ३१ (१) (ख) मा संशोधन स्वीकृत गर्ने अजेन्डा पारित गर्नेछ। सभाले नियमावलीमा संशोधनमा नियमनकारी निकायहरुबाट प्राप्त कुनै फेरबदल गर्न सुझाव सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीका १९ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवदेन स्वीकृत गर्नेछ।चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend