images

२०८३ आश्विन २० गते

images
images
images

एक हजार दरका ४३ करोड नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई

एक हजार दरका ४३ करोड नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौँ । मंसिर १४, नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने जिम्मा चीनको ‘चाइना बैंक नोट मिन्टिङ एन्ड प्रिन्टिङ कर्पोरेसन, बेइजिङ’लाई दिएको छ। अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रिया मार्फत प्रतिस्पर्धा गरी सो कम्पनीले ठेक्का पाएको हो।

    images
    images

    राष्ट्र बैंकले नोट छपाइका लागि चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को सहायक कम्पनीसँग करार गरेको हो। बैंकका अनुसार उक्त कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोट छाप्ने सम्झौता गरिएको छ।

    यसअघि राष्ट्र बैंकले गत सेप्टेम्बर २५ मा ‘प्रि–बिडिङ’ बैठक सम्पन्न गरी अक्टोबर २१ सम्म बोलपत्र पेस गर्ने समय तोकेको थियो। आवश्यक प्रक्रिया पूरा गर्दै लगत्तै चिनियाँ कम्पनी छनोट भएको हो।

    images
    images

    राष्ट्र बैंकका प्रवक्ताका अनुसार छाप्न लागिएको १,००० दरका ४३ करोड थान नोटले करिब सवा तीन वर्षसम्मको बजार माग धान्ने अनुमान गरिएको छ।

    नेपाल राष्ट्र बैंकले यसअघि पनि सोही कम्पनी मार्फत हजार दरका नोट छपाइसकेको थियो। त्यतिबेला १ अमेरिकी डलर . करिब १०८ रुपैयाँ रहँदा, प्रतिनोट छपाइ लागत ३ रुपैयाँ ३७ पैसा परेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend