images

२०८३ आश्विन २० गते

images
images
images

एक हजार दरका नयाँ बैंकनोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

एक हजार दरका नयाँ बैंकनोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • नेपाल राष्ट्र बैंकले १००० रुपैयाँ दरका नयाँ बैंकनोट छपाइसहित आपूर्तिको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । १ भदौ २०८२ को बोलकबोल आह्वानअनुसार परेका आवेदनमध्येहरूबाट छनोटमा परेको चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मेन्डेनिङ कर्पोरेसन बेइजिङ चाइना कम्पनीलाई जिम्मेवारी दिएको हो ।

    images
    images

    सम्झौताअनुसार उक्त कम्पनीले १००० रुपैयाँ दरका ४३ करोड थान नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । सार्वजनिक बोलपत्र आह्वान गरिएकोमा रीतपूर्वक पेस हुन आएको न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता चिनियाँ कम्पनीसँग ११ मंसिर २०८२ मा सम्झौता भएको बैंकले जनाएको छ ।

    सार्वजनिक खरिद (चौधौँ संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाइ तथा सिक्का टकमरीसम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा)को दफा ५४ को व्यवस्थाबमोजिम सर्वसाधारणको जानकारी गराएको बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend