images

२०८३ आश्विन २२ गते

images
images
images

१०० रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा

१०० रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा

images
images
बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर ११)देखि १०० रुपैयाँअंकित दरका नयाँ नोट बजारमा पठाउँदै छ । नयाँ नोट साबिककै आकार तथा रङमा उपलब्ध हुनेछ ।संकेत नं. क/२० ०००००१ देखि घ४०/ ९९९९९९ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र छ । नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै, नोटको मध्यभागमा अशोकस्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको छ ।

    अशोकस्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानका निम्ति छामेर थाहा पाउने एउटा कालो थोप्ला र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ ।दुई मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो छ ।नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ । नोटको मध्यभागमा एकसिङे गैँडाको माउ र बच्चाको चित्रलगायत विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    Capture-1764215705.JPG
     

     

     

     

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend