images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • ‘विश्वव्यापी एचआइभी प्रतिक्रियालाई दशकौँकै सबैभन्दा ठूलो...

‘विश्वव्यापी एचआइभी प्रतिक्रियालाई दशकौँकै सबैभन्दा ठूलो झट्का’

‘विश्वव्यापी एचआइभी प्रतिक्रियालाई दशकौँकै सबैभन्दा ठूलो झट्का’

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडाैँ । अचानक र नाटकीय रूपमा अन्तर्राष्ट्रिय कोष कटौतीले एचआइभी र एड्स विरुद्धको विश्वव्यापी प्रयासमा विनाशकारी परिणाम निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “एचआइभीविरुद्धको विश्वव्यापी प्रतिक्रियाले दशकौँयताकै सबैभन्दा ठूलो धक्का बेहोरेको छ ।”नयाँ प्रतिवेदन प्रस्तुत गर्दै ‘धेरै अन्तर्राष्ट्रिय दातृ निकायका लागि अचानक अन्तर्राष्ट्रिय कोष कटौतीको विनाशकारी परिणाम’ हुने चेतावनी दिँदै भनिन्, “यसले न्यून तथा मध्यम आय भएका मुलुकहरूलाई स्तब्ध बनाएको छ ।”

    images
    images

    ब्यानिमाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वर्षको सुरुमै ह्वाइट हाउस फर्केपछि ‘संयुक्त राज्य अमेरिकाको अचानक रोक’ लाई औँल्याइन्, तर अन्य प्रमुख दाताहरूले पनि उनीहरूको वैदेशिक सहायता खर्चमा उल्लेखनीय कटौती गरेको बताइन् ।“कटौतीहरू बोर्डमा नाटकीय छन्”, उनले भनिन्, “यस वर्षको सुरुदेखि नै दर्जनौँ न्यून र मध्यम आय भएका देशहरूमा एचआइभी सेवालाई निरन्तरता दिने जटिल पारिस्थितिक प्रणाली भित्रसम्म हल्लिएको छ ।”ब्यानिमाले एचआइभी रोकथाम सेवाहरूमा ‘कमी’ भएको बारेमा विशेष चिन्ता व्यक्त गर्दै उनले भनिन्, “यदि यसलाई सम्बोधन गरिएन भने सन् २०३० सम्ममा ‘३३ लाख थप नयाँ सङ्क्रमण’ हुने जोखिम हुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend