images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब...

नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार

नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौं।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६५ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा पिपुल्स हाइड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको २१ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ७.९४ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend