images

२०८३ आश्विन १६ गते

images
images
images

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    images
    images

    मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्तावसँगै पुस ४ गते १६औँ वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ।साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १७ देखि पुस ४ गतेसम्म बुक क्लोज गर्नेछ।मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीले साधारण सभामा सहभागी हुन र  लाभांश प्राप्त गर्न सक्ने छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend